सहकारी समस्या समाधानका लागि तिनै पक्ष संवेदनशिल बन्नु पर्ने व्यवसायी भट्टराईको धारणा

सहकारी समस्या समाधानका लागि तिनै पक्ष संवेदनशिल बन्नु पर्ने व्यवसायी भट्टराईको धारणा

२०८०, आषाढ २६ मंगलवार

  • 1.1K
    SHARES

  • सहकारी समस्या समाधानका लागि तिनै पक्ष संवेदनशिल बन्नु पर्ने व्यवसायी भट्टराईको धारणा

    काठमाडौं । सन् १८ औं शताव्दीमा युरोपका बेलायत र फ्रान्सबाट शुरुवात भएको सहकारी आज संसारभर ३० लाख सहकारी दर्ता रहेका पछिल्लो प्रतिवेदनले जनाएको छ ।

    जसले १२ प्रतिशत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ भने ३०० वटा भन्दा धेरै ठूला सहकारीको कारोबार मात्र २१ खरब नाघिसकेको छ । १० प्रतिशत प्रत्यक्ष रोजगारसँग जोडिएका छन् । 

    नेपालमा सहकारीको अवधारणा भित्रयाउने श्रेय भने चितवन निवासी बखान सिंह गुरुंगलाई जान्छ र पछि गएर उनकै नामबाट दर्ता भएको बखान वचत तथा ऋण सहकारी संस्था लिमिटेड नै पहिलो सहकारी हो । जसमा ६ महिला र ४ पुरुष गरि १० सदस्यले महिनामा रु १० मात्र बचत गर्ने गर्दथे । 

    २०४६ सालको जनआन्दोलनको बलमा स्थापित प्रजातन्त्र पश्चात सहकारी खोल्ने अभियान नै चल्यो । आज ३४ हजार सहकारी दर्ता रहेका सहकारी विभागले जनाएको छ । 

    प्रारम्भमा टाठाबाठाले दर्ता गर्ने सहकारी आजभोलि खुकुलो सरकारी नीतिका कारण सहजै २५ जनाले खोल्न सक्ने भएका छन् ।

    यसरी दर्तामा सरल प्रावधान तर अनुगमन, नियमन र नियन्त्रणमा समेत आवश्यकता भन्दा बढि सरल नीतिले गर्दा सहकारीमा समस्या बढेको समाजसेवी तथा विभिन्न व्यवसायसँग आवद्ध राजेश भट्टराईले बताएका छन् । 

    करिव ८ हजार वर्ष भन्दा पहिला गुफामा बस्ने गुरुहरु, ऋषि, महात्मालाई खाना पुर्याई सहकार्य गर्ने अवधारणा अनुरुप आएको सहकारीको मर्मलाई बुझ्न नसक्दा समस्या बढेको उनको भनाई छ । 

    समस्या त आई नै सके । अब भने सहकारी विभाग (नेपाल सरकार) ले समाधान गर्ने गरि कार्य प्रारम्भ गरिएको विज्ञप्ति, संचालकलाई ऋण धनको जोहो तथा व्यवस्थापनका लागि आवश्यक समय र वचतकर्ताले केही समय धैर्यधारण गर्न आव्हान गर्ने गरिको वातावरण बनाउन समेत सरकारसँग माग गरेका छन् ।  

    २०८०, आषाढ २६ मंगलवार१०:३०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार