राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

२०८०, आषाढ २९ शुक्रवार

  • 773
    SHARES

  • राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

    काठमाडौँ । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

    विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाउनुभएको थियो ।

    सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उहाँहरुले दिनुभएको थियो । उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

    २०८०, आषाढ २९ शुक्रवार०५:१६:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार