यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

२०८०, आषाढ ३१ आइतवार

  • 873
    SHARES

  • यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले बागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई तोकेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

    बैठकले वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्ने, विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खल्बल्याउने काममा उद्धत भएको आरोप लगाएको छ।

    त्यस्तै, कोशी प्रदेश सभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप गरेको ठहर गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

    उनका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ।

    यस्ता कार्यका लागि एमालेले सत्ता गबठन्धनको भर्त्सना गर्ने उनले बताए। उनले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरे।

    उनले देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजार भन्दा बढी चौपायाहरु संक्रमित भएको, २७ हजार गाईवस्तुको मृत्यु भएको र यसबाट हालसम्म किसानहरुले अर्बौंको नोक्शानी व्यहोर्नुपरेको र संक्रमण निरन्तर फैलिरहेकाले किसानहरुले व्यहोर्नुपरेको क्षतिलाई न्यून गर्न तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रवन्ध गर्न र किसानहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए।

    उनले बैठकले किसानहरुले सुलभ रुपमा रासयनिक मल पाउने व्यवस्था गर्न सचेत गराएको छ। मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न माग गरेको बताए।

    अविलम्ब नयाँ विधेयक ल्याइ समस्या समाधान गर्न आग्रह गरे। त्यस्तै, बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भर्त्सना गरेको छ।

    त्यस्तै, बैठकले अविरल वर्षाका कारण आएको विपद्का कारण भएको क्षतिको परिपूर्ति गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, प्राकृतिक विपद्का बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी संवद्ध युवा, विद्यार्थी, भूपु सैनिक, प्रहरीसहित पार्टी पंक्तिलाई आह्वान गरेको छ।

    बैठकले वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेपमा लागेको भन्दै आपत्ति जनाएको छ।

    २०८०, आषाढ ३१ आइतवार०७:२९:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार