पेट्रोलियम पदार्थमा भारी बढोत्तरी 

पेट्रोलियम पदार्थमा भारी बढोत्तरी 

२०८०, श्रावण १७ बुधवार

  • 849
    SHARES

  • पेट्रोलियम पदार्थमा भारी बढोत्तरी 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले एक सूचना जारी गर्दै गएको राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

    निगमको मंगलवार बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेलरमट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

    यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

    त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको आयोगका सूचनामा उल्लेख छ ।

    इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

    २०८०, श्रावण १७ बुधवार०४:३९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार