रिलायबल लाइफको आईपिओ बिक्री खुल्ला, २६ गतेसम्म आवेदन दिन सकिने

रिलायबल लाइफको आईपिओ बिक्री खुल्ला, २६ गतेसम्म आवेदन दिन सकिने

२०८०, श्रावण २३ मंगलवार

  • 833
    SHARES

  • रिलायबल लाइफको आईपिओ बिक्री खुल्ला, २६ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन २३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम मुल्यमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

    कम्पनीले हाल कायम जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता आईपिओ निष्काशन गर्दैछ। जसमध्ये, कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ। त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता नै शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने, बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको हो। 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने, कम्पनीले निष्काशन गरेको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। 

    कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

    कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि(आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि(आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

    २०८०, श्रावण २३ मंगलवार११:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार