सेयर बजारमा ४१.०६ अङ्कको वृद्धि

सेयर बजारमा ४१.०६ अङ्कको वृद्धि

२०८०, श्रावण २४ बुधवार

  • 761
    SHARES

  • सेयर बजारमा  ४१.०६ अङ्कको वृद्धि

    काठमाण्डौ । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।

    यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

    आज २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।

    म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अङ्कले बढेको छ ।

    आज बैंकिङ समूह १२ दशमलव १९, विकास बैंक ९४ दशमलव ८५, वित्त ५८ दशमलव ६४, होटल तथा पर्यटन एक सय ८८ दशमलव ५०, जलविद्युत् ६२ दशमलव ४१ र लगानी समूह एक दशमलव २२ अङ्कले बढेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ८५ दशमलव ८७, लघुवित्त ५२ दशमलव २३, व्यापार एक सय दशमलव ७६ र अन्य समूह ४४ दशमलव २७ अङ्कले बढेको छ ।

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रू १५ करोड ५० लाख २६ हजार दुई सय दुई बराबरको दुई लाख ६६ हजार आठ सय १८ कित्ता शेयर किनबेच भएको छ ।

    २०८०, श्रावण २४ बुधवार०४:५१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार