सेयर बजार झिनाे अंकले वृद्धि

सेयर बजार झिनाे अंकले वृद्धि

२०८०, श्रावण २५ बिहिवार

  • 745
    SHARES

  • सेयर बजार झिनाे अंकले वृद्धि

    काठमााण्डौ । सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकको वृद्धिसहित बन्द भएको छ।यस दिन सामान्य हिसाबले सकारात्मक बनेको छ ।

    बिहीबार नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।

    यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो ।यस्तै, हकप्रदको अन्तिम तयारीमा रहेको अपर तामाकोशीको पनि ११ करोड २५ लाख बराबरको कारोबार भएको छ।

    यस दिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् ।

    २०८०, श्रावण २५ बिहिवार०४:४४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार