ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

२०८०, श्रावण २७ शनिवार

  • 773
    SHARES

  • ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लि. सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।

    आर्थिक वर्ष २०७९-८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

    अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले बर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।

    ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ ।

    यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८-७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

    २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहनुभएका चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ भने बैंकको सीईओमा रत्नराज बज्रचार्य रहनुभएको छ ।

    २०८०, श्रावण २७ शनिवार०६:२५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार