चिरख्वा हाइड्रोको आइपीओ आजदेखि खुला

चिरख्वा हाइड्रोको आइपीओ आजदेखि खुला

२०८०, श्रावण २८ आइतवार

  • 717
    SHARES

  • चिरख्वा हाइड्रोको आइपीओ आजदेखि खुला

    काठमाडौं । चिरख्वा हाइड्रोपावरले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

    यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०५ अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको छ।

    कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो। यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०५ अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

    यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस कम्पनीको आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ।

    यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन्स्था

    स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

    २०८०, श्रावण २८ आइतवार०८:०१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार