आक्रामक बन्दै समृद्धि, एकैपटक ५ वटा शाखा विस्तार

आक्रामक बन्दै समृद्धि, एकैपटक ५ वटा शाखा विस्तार

२०८०, भाद्र २ शनिवार

  • 801
    SHARES

  • आक्रामक बन्दै समृद्धि, एकैपटक ५ वटा शाखा विस्तार

    काठमाडौं । देशैभर आर्थिक मन्दिले व्यापार व्यवसाय धरासायी बन्दै गएपनि समृद्धि फाईनान्सले उल्लेख्य प्रगति गरेको छ ।

    अनुशासित ऋण लगानी र चुस्त दुरुस्त व्यवस्थापनका कारण समृद्धिले व्यापार विस्तार गर्न सफल भएको जनाएको छ । 

    समृद्धिले असारको पहिलो हप्तामा तराईका ५ जिल्ला अन्तर्गत सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित मधुवन, सिराहाको धनगढीमाई नगरपालिका स्थित कसाहा, सर्लाहीको कविलासी नगरपालिका स्थित गैर, महोत्तरीको औरही नगरपालिका स्थित औरही र कपिलवस्तुको शिवगढी नगरपालिका स्थित खरेन्द्रपुरमा एकैपटक शाखा विस्तार गरेको छ । 

    यस सँगै देशका १२ जिल्लामा १३ वटा शाखा विस्तार भएका छन् । आव २०८०/८१ मा थप १० वटा शाखा विस्तार गर्ने लक्ष्य समेत समृद्धिको रहेको छ । समृद्धिले आफ्नो कारोबारमा मोबाईल बैंकिंग, कनेक्ट आईपिएस र क्युआर कोड प्रयोग गर्न जोड दिएको छ ।

    नन क्यास ट्रान्जाक्सन पहिलो प्राथमिकता भएपनि काउन्टर तथा एटिम कार्डबाट समेत नगद कारोबार गर्न सकिने व्यवस्था समृद्धिले मिलाएको छ ।

    यसको आफ्नै एटिएम मेसिन नभएतापनि सानिमा बैंक, एभरेष्ट बैंक, सनराईज लगाएतका बैंक, डेभलपमेन्ट बैंक र फाईनान्स गरि ४० भन्दा बढि बैंकिंग संस्थाबाट शुन्य लागतमा नगद कारोबार गर्न सकिने पनि फाईनान्सले जनाएको छ ।

    २०८०, भाद्र २ शनिवार१२:१३:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार