माण्डु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

माण्डु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८०, भाद्र १३ बुधवार

  • 705
    SHARES

  • माण्डु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज भदौ १३ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

    सीडीएसका अनुसार यसमा भदौ १२ गते साँझसम्ममा ६.५७ गुणा बढी आवेदन परेको छ। यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ।

    त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०५ अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

    २०८०, भाद्र १३ बुधवार०७:५२:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार