काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ ।
आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ ।
आजको कारोबारमा व्यापार र होटल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् ।
व्यापार समूह ३७ दशमलव ५५ र होटल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले बढेको बजारमा बैङ्क शून्य दशमलव ८३, विकास बैङ्क एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अङ्कले घटेको छ ।
कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैङ्क लिमिटेडको रु १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।