शेयर बजार अब आइतवार मात्रै खुल्ने

शेयर बजार अब आइतवार मात्रै खुल्ने

२०८०, भाद्र १४ बिहिवार

  • 745
    SHARES

  • शेयर बजार अब आइतवार मात्रै खुल्ने

    काठमाडौं । शेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ । लगातार तीन दिनसम्म शेयर कारोबार नहुने भएपछि आइतबार मात्र कारोबार गर्न सकिने भएको हो ।

    बिहीबार जनै पूर्णिमा तथा रक्षा बन्धनमा संघीय सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । सार्वजनिक विदाका कारण भोलि बजार बन्द हुने भएपछि अब साताको पहिलो दिन मात्र कारोबार हुने भएको हो ।

    यसैगरी, काठमाडौं महानगरपालिकाले शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । काठमाडौंभित्र मात्र विदा लागु हुने भएको हो । 

    २०८०, भाद्र १४ बिहिवार०७:५४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार