आजदेखि मिड सोलुको आइपीओ बिक्रि खुल्ला

आजदेखि मिड सोलुको आइपीओ बिक्रि खुल्ला

२०८०, भाद्र २९ शुक्रवार

  • 877
    SHARES

  • आजदेखि मिड सोलुको आइपीओ बिक्रि खुल्ला

    काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपीओ बिक्रीमा ल्याउने भएको छ। कम्पनीले विहिवारदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि पुर्व सभामुख सुवास नेम्बांगको निधनका कारण सार्वजनिक विदा दिएकाले शुक्रबार (भदौ २९ गते) देखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

    अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

    २०८०, भाद्र २९ शुक्रवार०६:१२:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार