बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

२०८०, भाद्र ३० शनिवार

  • 873
    SHARES

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रवार बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    २०८०, भाद्र ३० शनिवार०८:०४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार