नेप्सेमा दोहोरो अङ्कको गिरावट, ३ कम्पनीको सेयरमूल्यमा भने सर्किट 

नेप्सेमा दोहोरो अङ्कको गिरावट, ३ कम्पनीको सेयरमूल्यमा भने सर्किट 

२०८०, आश्विन ७ आइतवार

  • 889
    SHARES

  • नेप्सेमा दोहोरो अङ्कको गिरावट, ३ कम्पनीको सेयरमूल्यमा भने सर्किट 

    काठमाडौँ । सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अङ्कले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

    नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरावलोकन गर्ने भएपछि गत बिहीबार ४४ अङ्कको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अङ्कको गिरावट भएको छ । लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।

    आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

    नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ । 

    आइतबार कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । 

    २०८०, आश्विन ७ आइतवार०४:१०:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार