हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल 

हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल 

२०८०, आश्विन १४ आइतवार

  • 905
    SHARES

  • हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल 

    काठमाडौँ । हिमालयन रि(इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।

    कम्पनी सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई सीईओ नियुक्त गर्न प्राधिकरणमा पत्राचार भएको भएपनि प्राधिकरणले कुनै निर्णय नगरेको बताइएको छ ।

    युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी पौडेल हाल हिमालयन रि-इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छिन् ।

    २०८०, आश्विन १४ आइतवार०५:२१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार