आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री गरिँदै 

आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री गरिँदै 

२०८०, आश्विन २९ सोमवार

  • 953
    SHARES

  • आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री गरिँदै 

    काठमाडौं । बडादर्शैँको अवसर पारेर आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री गरिने भएको छ ।

    सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा आजबाट काठमाडौं ल्याई बिक्री गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।

    यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गर्ने भनिएको छ । खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री सुरू गर्नुअघि तय गरिने भएको छ ।

    खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । संस्थानले खसी, बोका र च्याङ्ग्राका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

    यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका किनेर ल्याइएको हो । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका आज  बिहान काठमाडौं आइपुगेको छ।

    यसैगरी, धादिङ र मकवानपुरबाट भने खसी र बोका काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा रहेको छ । कम्पनीले रसुवाबाट सहकारीमार्फत एक हजार च्याङ्ग्रा खरिद गरेर ल्याउन समेत पहल गरिरहेको जनाएको छ । 

    २०८०, आश्विन २९ सोमवार०७:४७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार