एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

२०८१, बैशाख २६ बुधवार

  • 677
    SHARES

  • एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

    ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

    निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो ।

    पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

    जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

    २०८१, बैशाख २६ बुधवार०८:४७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार