काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन्।
पार्टीको यहि जेठ ३ र ४ गते भक्तपुरमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट उनी पुनः अध्यक्षमा चुनिएका हुन्। उनका निकटतम प्रतिद्धन्दी मोहनविर श्रेष्ठलाई ८९ मतान्तरले पराजित गर्दै देउजा निर्वाचित भएका हुन् । देउजाले २९० मत प्राप्त गर्दा श्रेष्ठले २०१ मत प्राप्त गरेका थिए ।
अधिवेशनले उपाध्यक्षमा किरण थापा, सचिवमा विष्णु तामाङ्ग, उपसचिवमा सानुकाजी कायस्थ र महिला उपसचिवमा उत्तरा नेपाल निर्वाचित भएका छन्। मत परिणाम अनुसार प्रदेश सांसद समेत रहेका किरणले २६२ मत प्राप्त गर्दा सूर्य विनायक नगरपालिका प्राूख वासुदेवले २२९ मत मात्र प्राप्त गरे ।
त्यस्तै सचिव तामांगले २७५ मत ल्याएर निर्वाचित हुँदा निकतटम प्रतिस्पर्धी शम्भु प्रसाद दाहालले २१६ मत प्राप्त गरे । मोहनविर श्रेष्ठलाई पोलिटव्युरो सदस्य महेश बस्नेतको साथ थियो भने देउजालाई निर्मल भट्टराईले सघाएका थिए ।
प्यानलै बनाएर चुनावमा होमिएका दुवै समूह मध्ये अध्यक्ष, सचिव र पुरुष उपसिचव देउजा प्यानलबाट निर्वाचित भएका छन् भने पदाधिकारी सदस्यमा देउजा समूहकै सदस्यहरुको पर्चस्व छ ।
अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । देउजा यसअघि पनि जिल्ला पार्टी अध्यक्ष नै थिए । यस पटकको निर्वाचनमा ४ सय ९८ जना प्रतिनिधिले विद्युतिय मेसिनबाट मतदान गरेका थिए ।