एमाले चितवनको अध्यक्षमा पुर्व युवासंघ नेता कमलराज पाठक

एमाले चितवनको अध्यक्षमा पुर्व युवासंघ नेता कमलराज पाठक

२०८१, जेठ १६ बुधवार

  • 817
    SHARES

  • एमाले चितवनको अध्यक्षमा पुर्व युवासंघ नेता कमलराज पाठक

    चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

    आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित हुनुभयो ।

    प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।

    अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।

    २०८१, जेठ १६ बुधवार०८:०१:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार