एमाले काठमाडौं महानगर ३१ वडा कमिटी अध्यक्षमा गौतम निर्वाचित

एमाले काठमाडौं महानगर ३१ वडा कमिटी अध्यक्षमा गौतम निर्वाचित

२०८१, जेठ ३२ शुक्रवार

  • 1.9K
    SHARES

  • एमाले काठमाडौं महानगर ३१ वडा कमिटी अध्यक्षमा गौतम निर्वाचित

    काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका ३१ नं वडा कमिटी अध्यक्षमा यमलाल गौतम निर्वाचित भएका छन् । 

    शुक्रवार काठमाडौंमा सम्पन्न वडा कमिटीको १४ औं अधिवेशनले गौतमको नेतृत्वमा ४० सदस्यीय कमिटी निर्वाचित गरेको हो । उनी यसअघि कार्यवाहक अध्यक्षको भुमिकामा रहेका थिए ।

    aaa.jfif

    त्यस्तै, उपाध्यक्षमा अप्सरा खनाल, सचिवमा घनश्याम अछामी र उपसचिवद्धयमा पवित्रा अधिकारी रेग्मी तथा विनोद दाहाल रहेका छन् । उपाध्यक्षमा केशव ओलीले शसक्त दावी गरेपनि नेताहरुले महत्वपूर्ण भूमिका दिने सर्तमा सदस्यमा चित्त बुझाएका स्रोतले जनायो ।

    सदस्यमा संगिता बस्नेत, कोपिला गिरी, धनमाया प्रसाईँ, गोपिनी गिरी, सुवास दर्शन, भिमसेन कँडेल, राजकुमार अछामी, लक्ष्मी अछामी, मरिचमान श्रेष्ठ, रमेश कुमार दाहाल, चन्द्र बहादुर थापा, वासुदेव आचार्य लगायत रहेका छन् । अधिवेशनमा १ सय ६३ जना प्रतिनिधि रहेका थिए । 

    aaaa.jfif

    कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, पोलिटव्युरो सदस्य तथा काठमाडौं महानगरपालिका कमिटी इन्चार्ज रामेश्वर फुँयाल, प्रदेश कमिटी सदस्य गणेश दुलाल, नवनिर्वाचित काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सदस्यहरु धन बहादुर अछामी, सरोज ढकाल, हुमादेवी आचार्य, उज्जन श्रेष्ठ, सान्नानी मिजार, दामोदर सत्याल, हिरा थापा मगर, श्री राम राई, सरस्वती गौतम, मित्रलाल थोकर, नेता नयन थापा, निर्मल देउला, केशव घिमिरे, चित्र बानियाँ, रमेश सत्याल एवं काठमाडौं महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठ, महानगर कमिटी सदस्यहरु अम्बिका गौतम, शोभा अधिकारी गिरी, सफल श्रेष्ठ, रोशन चौंलागाईँ, खिलचन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो । 

    जनताको सेवा गर्नमा कुनै पनि कन्जुस्याईँ नगरि काम गर्न नेता कार्यकर्तालाई नेता आनन्द पोखरेलले सुझाएका थिए ।

    111.jfif11.jfif 

     

    २०८१, जेठ ३२ शुक्रवार१०:२४:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार