राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

२०८१, आषाढ १ शनिवार

  • 769
    SHARES

  • राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

    काठमाडौं । राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

    बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

    त्यस्तै बैठकले महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ ।

    त्यसैगरी पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।

    थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भए सँगै राप्रपा नेपालका नाममा नयाँ पार्टी चलाईरहेका छन् ।

    २०८१, आषाढ १ शनिवार११:५३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार