सरकारबाट बाहिरिएसँगै रास्वपाको दुई दिने बन्द कार्यशाला 

सरकारबाट बाहिरिएसँगै रास्वपाको दुई दिने बन्द कार्यशाला 

२०८१, श्रावण १८ शुक्रवार

  • 769
    SHARES

  • सरकारबाट बाहिरिएसँगै रास्वपाको दुई दिने बन्द कार्यशाला 

    काठमाडौँ । सरकारबाट बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेका छन् । 

    साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प)सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो ।

    कार्यशाला आज र भोलि गरी दुई दिन चल्नेछ। कार्यशालामा विचार, सङ्गठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ ।

    २०८१, श्रावण १८ शुक्रवार०९:५३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार