नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

२०८१, फाल्गुण १२ सोमवार

  • 645
    SHARES

  • नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

    आगामी चैत २३ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले सोमबार कार्यतालिका सार्वजनिक गरेको हो। बारको २७ औँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो।

    बारको अध्यक्ष, ८ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

    कार्यतालिकाअनुसार फागुन  १५ गते मतदाताको नामावली प्रकाशन, १८ गते मतदाता नामावलीमा दाबी विरोध र २० गते दाबी विरोधमाथि जाँचबुझ हुनेछ भने २० गते नै मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ।

    यस्तै, फागुन २२ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ।

    यस्तो छ निर्वाचन कार्यतालिकाः

    10.jpg100.jpg1000.jpg

     

    २०८१, फाल्गुण १२ सोमवार०९:००:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार