आजदेखि मौसममा सुधार

आजदेखि मौसममा सुधार

२०८१, फाल्गुण १८ आइतवार

  • 625
    SHARES

  • आजदेखि मौसममा सुधार

    काठमाडौं । बिहीबारदेखि पश्चिमबाट भिजाउँदै आएको मनसुन शनिबार सम्म काठमाडौँ उपत्यकासहित आसपासमा वर्षा बनायो। काठमाडौँमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ । 

    तर अब मनसुन पूर्व सरेकाले काठमाडौँमा उपत्यकामा छिटफुटबाहेक वर्षा हुने सम्भावना छैन। 

    मनसुन पूर्व सरिरहेकाले आजदेखि यो मनसुन नेपालदेखि बाहिरिसक्ने छ। विभागका अनुसार आजदेखि देशभर मौसममा सुधार हुने र घाम लाग्नेछ।

    हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने गरेकोमा केही वर्षदेखि यो निरन्तर घटिरहेको छ। यस वर्ष पनि दिउँदमा कम पानी पर्ने आँकलन गरिएको थियो।

    गत वर्ष (विस २०८०) को हिउँदमा सरदर १२.५ मिलिमिटर मात्रै वर्षा भएको थियो। पूर्वानुमानअनुसार गत वर्षभन्दा यस वर्ष बढी खडेरी हुने पनि जनाइएको छ । 

    २०८१, फाल्गुण १८ आइतवार०६:४८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार