कर्णाली प्रदेश सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली सुर्खेत जाँदै

कर्णाली प्रदेश सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली सुर्खेत जाँदै

२०८१, फाल्गुण २३ शुक्रवार

  • 641
    SHARES

  • कर्णाली प्रदेश सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली सुर्खेत जाँदै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन्।

    प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    यस्तै, दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे ३ बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

    त्यसपछि अपराह्न चार बजे रंगशाला अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौँ फर्किने कार्यक्रम छ ।

    २०८१, फाल्गुण २३ शुक्रवार०९:४५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार