समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो -सभापती देउवा

समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो -सभापती देउवा

२०८१, फाल्गुण २६ सोमवार

  • 805
    SHARES

  • समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो -सभापती देउवा

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजनीतिक अस्थिरता कायम रहेको बताएका छन्। 

    धनगढीमा आयोजित नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

    ‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको व्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौँ। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौँ,’ उनले भने। 

    उनले सांकेतिकरूपमा समानुपातिक प्रणाली हटाउनुपर्ने संकेत गरे। उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौँ। तर हामी मिलेर सरकार बनाएका छौँ। त्यसका अरु धेरै कारणहरू छन्।  मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो ।’

    २०८१, फाल्गुण २६ सोमवार१०:२९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार