समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

२०८१, फाल्गुण २७ मंगलवार

  • 737
    SHARES

  • समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

    काठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

    गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए। त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए। उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए।

    उनले देशलाई अशान्तितर्फ धकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आम जनतामा अपिल गरिने बताए।

    २०८१, फाल्गुण २७ मंगलवार०९:१८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार