पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

२०८१, चैत्र ११ मंगलवार

  • 641
    SHARES

  • पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

    पोखरा । पोखराको पृथ्वीनारायाण क्याम्पस (पिएनसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) निर्वाचनमा अनेरास्ववियुले जित दर्ता गराएको छ ।

    मंगलबार भएको मतगणना अनुसार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको हो ।

    अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल एक हजार १०५ मत ल्याउदै निर्वाचित भएका छन् । नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाए । स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरेकी हुन् ।

    सचिवमा अनेरास्ववियुका विराट दुवाडीले एक हजार ४१३ मत ल्याएर विजयी भइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङले एक हजार ३०४ मत ल्याएर जित दर्ता गराइन् ।

    २०६५ सालपछि भएको स्ववीयु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववीयुले आफ्नो पकडलाई कायमै राखेको छ ।

    २०८१, चैत्र ११ मंगलवार१०:०९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार