राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

२०८१, चैत्र १५ शनिवार

  • 1.3K
    SHARES

  • राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

    काठमाडौँ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणालाई पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।

    तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

    त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

    २०८१, चैत्र १५ शनिवार१२:२६:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार