काठमाडौँ । नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा फरक मत राख्दा उनीहरुले गत पुस १० गते बसेको बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो ।