सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

२०८२, श्रावण ११ शनिवार

  • 681
    SHARES

  • सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ । 

    यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । 

    सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरु गरिने छ । उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक संकेत राख्ने तयारी पूरा भएको छ । 

    यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ । ट्राफिक कोन, डिभाइडर, सडक टल्कने संकेत समेत राखेर सुरक्षालाई थप मजबुत बनाउने विश्वास कामपाको छ ।  

    कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिए ।

    २०८२, श्रावण ११ शनिवार०३:२८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार