एमाले उपत्यका विशेषको सदस्यतामा ३४ प्रतिशतले वृद्धि

एमाले उपत्यका विशेषको सदस्यतामा ३४ प्रतिशतले वृद्धि

२०८२, श्रावण १८ शनिवार

  • 801
    SHARES

  • एमाले उपत्यका विशेषको सदस्यतामा ३४ प्रतिशतले वृद्धि

    काठमाडौं । श्रमिक तथा पेशाकर्मीमाझ नेकपा एमाले प्रतिको आकर्षण उल्लेखनीयरुपमा बढेको पार्ईएको छ ।

    २०७८ भाद्रमा पार्टीका पुर्व महासचिव माधव कुमार नेपाल लगायतका नेताले पार्टी विभाजन गरेयता श्रमिक तथा पेशाकर्मीमाझ शिथिलता देखिएको एमालेमा पुनः ताजगी बढ्दै गएको पाईएको हो ।

    पछिल्ला दिनमा श्रमिक, पेशाकर्मी, उद्योगी व्यवसायी तथा युवा विद्यार्थीहरु एमाले सदस्यता प्राप्त गर्न लालायित देखिएका छन् ।

    आईतवार उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकमा कमिटीका अध्यक्ष प्रेम कुमार पराजुलीले गत आ. व. मा मात्र ३४ प्रतिशतले नयाँ सदस्यता वृद्धि भएको जानकारी गराएका हुन् ।

    यस सँगै विशेष प्रदेशमा आवद्ध पार्टी सदस्यको संख्या १५ हजार नजिक पुगेको छ । 

    २०८२, श्रावण १८ शनिवार११:११:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार