गौर हत्याकाण्डबारे माओवादीः घेराबन्दी गरेर सामुहिक हत्या गर्न पाइँदैन

गौर हत्याकाण्डबारे माओवादीः घेराबन्दी गरेर सामुहिक हत्या गर्न पाइँदैन

२०८२, भाद्र ७ शनिवार

  • 873
    SHARES

  • गौर हत्याकाण्डबारे माओवादीः घेराबन्दी गरेर सामुहिक हत्या गर्न पाइँदैन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर  सामुहिक हत्या गरिएको बताएको छ। राजनीतिक प्रकृतिको घटना भन्दैमा कसैको पनि सामुहिक हत्या गर्न नपाइने माओवादीको भनाइ छ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानबिन हुनुपर्ने बताए।

    केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेकोप्रति लक्षित गर्दै उनले घटना राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानूनी रुपले घेराबन्दी गरेर सामुहिक हत्या गर्न नपाइने स्पष्ट पारे।

    न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेको र मानव अधिकार आयोगले पनि अध्यक्ष यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको बताए।

    सर्वोच्च अदालतले अहिले छानबिनका लागि दिएको परमादेशप्रति भने समय सन्दर्भका हिसाबले आशंका गर्नसक्ने ठाउँहरु प्रशस्त रहेको उनको भनाइ थियो।

    जसपा, नेपाल भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिनुले पनि यसमा आशंका गर्नसक्ने ठाउँहरु रहेको बताए।

    सरकार छोडेको र भूमि विधेयकको विरोध गरेकै कारणबाट पनि अदालतको फैसला सरकारको राजनीतिक प्रतिशोध लिने भावना जोडिएको हो कि भन्ने आशंका उठेको उनको भनाइ छ। माओवादीले अदालतले गरेका फैसला जस्तो भए पनि स्वीकार गर्ने बताए।

    २०८२, भाद्र ७ शनिवार०३:२१:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार