चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

२०८२, भाद्र १९ बिहिवार

  • 553
    SHARES

  • चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

    काठमाडौं । आफ्नो औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।

    उनी बुधवार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । 

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।

    शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।

    सन् २००१ मा स्थापना गरिएको एससिओमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् ।

    अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

    शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । उनी २७ सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै चीन पुगेका थिए । 

    २०८२, भाद्र १९ बिहिवार०४:२१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार