काठमाडौँ । अराजक र लुटपाट मच्चाउने समूह पशुपतिनाथ मन्दिरसम्म पुगेर तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली पुगेर रोकेको छ।
नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि सेनाको टोली त्यहाँ पुगिसकेको बताएका छन्।
लुटपाट र अराजक गतिविधि नरोकिए सँगै राति १० बजेपछि सेना परिचालन भएको छ ।