लोकतन्त्रको संरक्षण गर्दै निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

लोकतन्त्रको संरक्षण गर्दै निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

२०८२, भाद्र २६ बिहिवार

  • 629
    SHARES

  • लोकतन्त्रको संरक्षण गर्दै निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायमका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

    उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् ।

    ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

    आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको पनि पौडेलले जनाएका छन् । 

    २०८२, भाद्र २६ बिहिवार०३:५४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार