संविधानको सही कार्यान्वयन गरेर नै जेनजी पुस्ताको माग सम्बोधन हुने यादवको भनाई 

संविधानको सही कार्यान्वयन गरेर नै जेनजी पुस्ताको माग सम्बोधन हुने यादवको भनाई 

२०८२, भाद्र २७ शुक्रवार

  • 1.1K
    SHARES

  • संविधानको सही कार्यान्वयन गरेर नै जेनजी पुस्ताको माग सम्बोधन हुने यादवको भनाई 

    काठमाडौं । पूर्वराष्ट्रपति डा। रामवरण यादवले जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै वक्तव्य जारी गरेका छन् । पाँचबुँदे वक्तव्य जारी गरेका प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयन गरी जेनजी पुस्ताका माग सम्बोधन हुने उल्लेख गरेका छन् । आन्दोलनपछि हालसम्म पनि त्रासको वातावरणमा गुज्रिएको अवस्थामा डा। यादवले यो अवस्था लामो समय जान नहुनेतर्फ ध्यानाकर्षण गरेका छन् ।

    'आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोऱ्याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने मेरो विश्वास छ,' डा.यादवले भनेका छन्, 'यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र निरपराध उपाय हो ।' 

    उनले जेनजीका माग पनि संविधानभित्रैबाट सम्बोधन हुने बताएका छन् । 'झन्डै सात दशकको सपना र सयौँ सहिदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै 'जेनजी' पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ,' डा यादवले भनेका छन् । 

    उनले निजी तथा सरकारी भौतिक संरचना र राष्ट्रका अभिलेखसहितका सम्पत्तिमाथि भएको क्षतिमा यथार्थ उद्देश्य र संलग्न व्यक्तिको पहिचान जरुरी रहेको बताएका छन् । त्यस्तै, परिवर्तनलाई धुलिसात पार्ने प्रयत्न भएकोतर्फ पनि डा यादवले सचेत गरेका छन् ।

    'देशको ऐतिहासिक धरोहर समेत रहेको सिंहदरबार, शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वोच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३–२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य छ,' उनले भनेका छन्, 'विशेषगरी २०६२/०६३ को जनआन्दोलन अनि नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन–पद्धतिलाई धुलिसात पार्ने प्रयास भएको तथ्यतर्फ पनि हामी सबैको ध्यान जानु जरूरी छ ।'

    २०८२, भाद्र २७ शुक्रवार०४:२८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार