अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की निश्चित, शपथ आज ९ बजे

अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की निश्चित, शपथ आज ९ बजे

२०८२, भाद्र २७ शुक्रवार

  • 809
    SHARES

  • अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की निश्चित, शपथ आज ९ बजे

    काठमाडौँ । जेन्जी आन्दोलन पश्चात रिक्त प्रधानमन्त्रीमा पुर्व प्रधानन्यायाधिश सुशीला कार्कीलाई अगाडी बढाउने विषयमा सहमति जुटेको छ ।  

    आन्दोलनरत पक्ष, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, संविधानविद लगायतको लामो छलफल पश्चात कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुने भएकी हुन् । 

    कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बेलुका ९ बजे शपथ गराउने भएका छन्।

    कार्कीसहित केही मन्त्रीहरूको शपथ हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    नया‍ँ मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् विघटनको सिफारिस गर्ने पनि पोखरेलले जानकारी दिए।

    संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति शीतलनिवासमा शुक्रबार बेलुका जुटेको हो।

    २०८२, भाद्र २७ शुक्रवार०८:५८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार