जेन जेड आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की जाने

जेन जेड आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की जाने

२०८२, भाद्र २८ शनिवार

  • 773
    SHARES

  • जेन जेड आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की जाने

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाँदै छिन् ।

    शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केही बेरमै वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिने छिन् ।

    त्यसपछि उनले आन्दोलनकै क्रममा आगजनीमा परेको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोटेश्वरमा भएको आगजनीमा केही प्रहरीको मृत्यु भएको थियो । जेन जेड आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ ।

    त्यस्तै, सिभिल अस्पताल, टिचिंग अस्पताल, एभरेष्ट अस्पताल, केएमसी लगायतका विभिन्न अस्पतालमा सयौं घाईते अहिले पनि उपचाररत रहेका छन् ।

    २०८२, भाद्र २८ शनिवार०२:३८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार