वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

२०८२, आश्विन २० सोमवार

  • 497
    SHARES

  • वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

    सुनसरी । अविरल वर्षा रोकिएसँगै  सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेन्ड पानीको वहाव रहेको छ । 

    गए राति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए ।

    अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए । आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

    २०८२, आश्विन २० सोमवार११:३४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार