जेन्जी आन्दोलन पछि बन्द सर्वोच्च अदालतका सबै सेवा सञ्चालनमा, प्रतिनिधि सभा विघटनविरूद्धको रिट दर्ता

जेन्जी आन्दोलन पछि बन्द सर्वोच्च अदालतका सबै सेवा सञ्चालनमा, प्रतिनिधि सभा विघटनविरूद्धको रिट दर्ता

२०८२, आश्विन २८ मंगलवार

  • 625
    SHARES

  • जेन्जी आन्दोलन पछि बन्द सर्वोच्च अदालतका सबै सेवा सञ्चालनमा, प्रतिनिधि सभा विघटनविरूद्धको रिट दर्ता

    काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ ।

    सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ । मंगलवार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको हो ।

    जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।

    भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेका कारण सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन । सर्वोच्च अदालतको संरचनामा प्रदर्शनकारीले ध्वस्त बनाएपछि सर्वोच्चको काम कारबाही प्रभावित भएका थिए ।

    २०८२, आश्विन २८ मंगलवार१२:११:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार