जाडो मौसम शुरु, आजदेखि सरकारी कार्यालय चार बजेबाटै बन्द 

जाडो मौसम शुरु, आजदेखि सरकारी कार्यालय चार बजेबाटै बन्द 

२०८२, कार्तिक १७ आइतवार

  • 997
    SHARES

  • जाडो मौसम शुरु, आजदेखि सरकारी कार्यालय चार बजेबाटै बन्द 

    काठमाडौँ । आजदेखि सबै सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्रै खुला रहने भएका छन् । 

    जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार आज कार्तिक १६ गते देखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

    २०८२, कार्तिक १७ आइतवार०३:१८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार