जेन जेड आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न पाँच जना पक्राउ

जेन जेड आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न पाँच जना पक्राउ

२०८२, कार्तिक २८ बिहिवार

  • 613
    SHARES

  • जेन जेड आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न पाँच जना पक्राउ

    काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ परेका छन् ।

    बागमती प्रदेश सभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

    यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ । उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

    २०८२, कार्तिक २८ बिहिवार११:०३:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार