देशभरको मौसम सफा रहने पूर्वानुमान, उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री

देशभरको मौसम सफा रहने पूर्वानुमान, उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री

२०८२, मंसिर १२ बिहिवार

  • 593
    SHARES

  • देशभरको मौसम सफा रहने पूर्वानुमान, उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

    आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    काठमाडौँ, उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।

    २०८२, मंसिर १२ बिहिवार११:२३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार