जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार 

जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार 

२०८२, मंसिर १४ शनिवार

  • 413
    SHARES

  • जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार 

    जलेश्वर (महोत्तरी) । जेन जेडको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् ।

    जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदी बन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए। उनका अनुसार अझै पनि भागेका कैदी बन्दी आउने क्रम जारी रहेको छ ।

    कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदी बन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए।

    जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदी बन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् । फरार कैदी बन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

    २०८२, मंसिर १४ शनिवार०७:४७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार