राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा

राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा

२०७७, चैत्र २६ बिहिवार

  • 2.4K
    SHARES

  • राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।

    राप्रपा मकवानपुरद्वारा बुधवार हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गरे । 

    उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताए । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उनको भनाइ थियो ।

    प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । 

    २०७७, चैत्र २६ बिहिवार०६:५८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार