एमाले प्रवेश गरेका ४ मन्त्रीको पद खारेज

एमाले प्रवेश गरेका ४ मन्त्रीको पद खारेज

२०७७, चैत्र २६ बिहिवार

  • 4.3K
    SHARES

  • एमाले प्रवेश गरेका ४ मन्त्रीको  पद खारेज

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराए ।

    उनीहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

    २०७७, चैत्र २६ बिहिवार०३:४८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार