काठमाडौं । युवा नेता प्रकाश दुलालले नेकपा एमाले पार्टी छोड्ने भएका छन् ।
एमाले जलश्रोत तथा उर्जा विभाग सदस्य तथा पुर्व युवासंघ नेपाल केन्द्रीय सदस्य समेत रहेका दुलालले वर्तमान जिम्मेवारी त्याग्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
उर्जाको क्षेत्रमा रहेर लामो समयदेखि पार्टीका काम गर्दै आएका दुलाल नेकपामा आएको विभाजनका कारण विक्षिप्त बनेका थिए ।
एमाले र माओवादी केन्द्र सम्म हुँदा ठिकै थियो तर एमाले पनि थप विभाजन उन्मुख देखिएकाले अब कम्युनिष्ट पार्टी नेपालमा जनताका मनमा बस्न नसक्ने उनको दावी छ ।
दुईतिहाई ल्याएको पार्टीले जनताका पक्षमा काम गर्न सकेन, झन पार्टी नै फुटाए तसर्थ यो पार्टीमा बसेर जनताका सेवामा सारथी बन्न नसकिने निचोडका साथ पार्टी छोड्न पुगेको उनको भनाई छ । तर तत्कालै कुनैं पनि पार्टीमा जाने छैन ।
म मात्र हैन, यो तमासाका कारण ठूलो संख्यामा युवा साथीहरु पार्टी छोड्न तयार रहेको पनि नेता दुलालले बताएका छन् ।